FAVV Training Leuven
FAVV/AFSCA सम्बन्धी खाद्य स्वच्छता तथा सुरक्षा प्रशिक्षण कार्यक्रम संबन्धि सुचना।
आदरणीय नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) का सम्पूर्ण पञ्जीकृत सदस्यज्यूहरू तथा नेपाली व्यवसायी साथीहरू,
नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) को आयोजनामा आगामी ७ डिसेम्बर २०२६, सोमबार, लुभेनमा FAVV/AFSCA सम्बन्धी खाद्य स्वच्छता तथा सुरक्षा (Food Hygiene & Safety)विषयक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएकोले सम्पूर्ण सदस्यज्यूहरू तथा इच्छुक नेपाली व्यवसायीहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।
मिति: ७ डिसेम्बर २०२६, सोमबार
स्थान: Taste of Asia Restaurant – Hall
Brusselsestraat 42 A
3000 Leuven, Belgium
कार्यक्रम तालिका
१०:३० बजे: प्रशिक्षण कार्यक्रम प्रारम्भ
१३:००–१३:३० बजे: Lunch
१४:३० बजे प्रमाणपत्र वितरण तथा कार्यक्रम समापन
प्रशिक्षण शुल्क: पूर्ण रूपमा निःशुल्क
खानपिन शुल्क: €२५ प्रति व्यक्ति
विशेष जानकारी: प्रशिक्षणमा सहभागी हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई FAVV/AFSCA बाट प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
सिट सङ्ख्या सीमित रहेकाले कार्यक्रममा सहभागी हुन अग्रिम दर्ता अनिवार्य गरिएको छ। तसर्थ, सहभागी हुन इच्छुक सम्पूर्ण सदस्यज्यूहरू तथा व्यवसायी साथीहरूलाई संघको आधिकारिक वेबसाइटमार्फत यथाशीघ्र आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🌐 दर्ता तथा थप जानकारी: www.nebab.be
कार्यक्रम संयोजक:
बाबुराम शर्मा :- 0489 00 12 94
उपाध्यक्ष,
नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB)
धन्यवाद!
नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB)

